८ मंसिर २०८३, मंगलबार

महानिरीक्षकसहित चार प्रहरी अधिकृतविरुद्ध मुद्दा चलाउन सर्वोच्चको आदेश

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।   सर्वोेच्च अदालतले प्रहरी महानिरीक्षकसहित चार जना प्रहरी अधिकृतविरुद्व अदालतको अवहेलनामा मुद्वा चलाउन आदेश दिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखिएको भन्दै अदालतमा उजुरी परेपछि सर्वोच्चले महानिरीक्षकसहित चार प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटना बारम्बार दोहोरिएपछि प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रमुख, महानगरीय प्रहरी परिसर टेकु प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रमुखविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

अदालतले छोड्‍न आदेश दिँदा पनि प्रहरीले फेरि पक्राउ गरेर हिरासतमा लिएका नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरू भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीको तर्फबाट भीमप्रसाद शर्माले दायर गरेको रिटमा सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण आदेशबाट छुटेका व्यक्तिलाई अदालतको गेटबाट पक्राउ गरेको भन्‍ने उजुरीमा सुनुवाइ गर्दै अदालतको मानहानीमा प्रहरी अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो।