
मोरङ, १७ फागुन । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
उर्लाबारीस्थित जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा २१ वर्षीय अर्जुन नेपालीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सुनबर्षी नगरपालिका ७ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर ३५ वर्षीय सन्तोष मुखियाको मृत्यु भएको हो ।











प्रतिक्रिया