८ मंसिर २०८३, मंगलबार

घुस लिँदै गर्दा वडा सचिव रंगेहात पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १६ फागुन ।   वडा सचिव घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडा सचिव सुशील ठाकुर २० हजार रुपैँया घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।