
काठमाडौं, १६ फागुन । माइक्रो बसबाट खसेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा ज्यान गएको हो ।
गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा उनि खसेका थिए ।











प्रतिक्रिया