
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा उपाध्यक्ष बामदेव गौतम नै जाने र त्यसलाई सरकारले मान्नुपर्ने बताएका छन् ।
शुक्रबार चितवन पुगेर पत्रकारसँग कुरा गर्दै उनले यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुपर्ने बताए । ‘पार्टी सचिवालयले सर्वसम्मत ढंगले गरेको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ, मान्नुहुन्छ’, उनले भने,‘यो आधिकारीक निर्णयका विषयमा महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भनिसक्नु भएको छ ।’
सचिवालयमा रहेका मध्ये उपाध्यक्ष गौतममात्र संघीय सदनमा नभएको भन्दै दुनियाँमा चुनाव हारे पनि जिम्मेवारीमा पुगेको बताए ।
त्यसको नजिर आफैंले बसाइसकेको बताउँदै उनले नेकपा नेता माधवकुमार नेपाललाई तत्कालिन संविधानसभामा लगेकोतर्फ संकेत गर्दै प्रचण्डले थपे,‘मैले हारेको मान्छेलाई ल्याएर के के बनाएँ तपाईहरुले देखिसक्नुभएको छ ।’











प्रतिक्रिया