८ मंसिर २०८३, मंगलबार

हेलिकप्टरबाट निर्माण सामग्री खसेपछि स्थानिय त्रसित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १६ फागुन ।  उडिरहेको हेलिकप्टरबाट निर्माण सामग्रीसहित विभिन्न वस्तुहरु खस्न थालेपछि स्थानिय त्रसित भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो ।

पटक पटक हेलिकव्टरबाट सामग्रीहरु हेलिकप्टरबाट खस्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानियहरु आक्रोशितसमेत भएका छन् । सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गर्दा पनि सुझाव कार्यान्वयन नभएको स्थानिय बताउछन् ।

सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो छ ।

नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु-गराउनु हुँदैन भन्ने उल्लेख छ ।