
काठमाडौं, १६ फागुन । घुस लिएर पक्राउ परेका हुन्डी कारोबारीलाई छाड्ने तीन प्रहरी पक्राउ परेका छन् ।
पक्राउ परेका भारतीय हुन्डी कारोबारीलाई दश लाख घुस लिएर छाड्ने वीरगन्ज महानगरपालिका १६ इनर्वा चौकीका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र सिपाही राजकुमार गुरुङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
गत फागुन ८ मा सीमावर्ती भारतीय बजार रक्सौलबाट २० लाख रुपैयाँ लिएर वीरगन्जतर्फ आइरहेका दुई जना भारतीयलाई सूचनाको आधारमा पक्राउ परेका भारतीय हुन्डी कारोबारीलाई चौकी नपु¥याई दश लाख घुस लिएर छाडिएको थियो ।











प्रतिक्रिया