
काठमाडौं, १५ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटासँग सेक्युरिटी प्रेस खरिद प्रक्रियाका विषयमा भएको कुराकानीको अडिओ सार्वजनिक गर्ने बिजय मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनाडी’ भनेका छन् ।
विहीबार नेकपा बागमती भेलालाई सम्बोधन गर्दै बास्कोटालाई आरोप लागेकाले राजीनामा दिएको तर प्रमाणित भइनसकेको भन्दै प्रधानमन्त्री ओलीले अडिओ बाहिर ल्याउने मिश्रबारे भने,‘त्यो अनाडी, अनधिकृत मान्छे हो । कसैको प्रतिनिधि होइन । स्वीस कम्पनीले पनि हाम्रो होइन भनिरहेको छ । किन, के उद्देश्यले रेकर्ड ग¥यो ?’
उनले यस प्रकरणबारे थप खुल्दै जोडे,‘फ्रान्स र जर्मन सरकारसँग डिल भइरहेको छ । स्वीस कम्पनीको कुरा कहाँबाट आयो ? मैले प्रतिरक्षा गर्न खोजेको होइन । पार्टी, सरकार, आन्दोलनलाई बदनाम गराउन खोजिएको हो ।’











प्रतिक्रिया