८ मंसिर २०८३, मंगलबार

नयाँ गभर्नरको निर्णय ३ चैतमा हुन सक्ने : सरकारी प्रवक्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । राष्ट्र बैंकको नयाँ गभर्नरको निर्णय सरकारले ३ चैतमा गर्न सक्ने प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले संकेत गरेका छन् ।

आफू पनि गभर्नर नियुक्त हुँदा केही दिनअघि मात्र निर्णय भएको नजिर राख्दै विहीबार सरकारका निर्णयसम्बन्धी जानकारी दिने पत्रकार सम्मेलनमा उनले भने,‘५ चैतमा हालका गभर्नरको पदावधि सकिने भएकाले त्यसअघि सरकारले निर्णय गर्नेछ ।’

एक महिना अघि नै निर्णय गर्नुपर्ने परम्परा तोडिएको स्मरण गराउँदै खतिवडाले यस्तो जानकारी दिएका हुन् । खतिवडाको भनाईअनुसार ३ चैतमा बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको निर्णय गर्न सक्ने देखिन्छ ।

गभर्नरका लागि एक डेपुटी गभर्नरसहित तीन जनाको सिफारिस हुन्छ । गभर्नरको दौडमा डेपुटी गभर्नरहरू चिन्तामणि सिवाकोटी, शिवराज श्रेष्ठ रहेका छन् । कतिपय पूर्वअधिकारीसहितको नाम पनि चर्चामा छ ।