८ मंसिर २०८३, मंगलबार

ज्ञानेन्द्र शाही राखिएपछि पूर्वडिआईजी खरेल अभियानबाट अलग्गिए

14k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सामाजिक अभियन्ता भनिएका ज्ञानेन्द्र शाही राखिएपछि पूर्वडिआईजी रमेश खरेललगायतको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग भएको छ ।

विहीबार घोषणा हुन लागेको उक्त अभियानसँगै खरेल दल खोली राजनीतिमा आउने तयारीमा थिए । औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहित उक्त अभियानमा नरहने भएका हुन् ।

खरेलले सामाजिक सञ्जालमा पनि उक्त विषयको जानकारी दिएका छन् । तत्कालका लागि घोषणा सभामा सहभागी नहुने उनले बताएका हुन् ।