८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच गोप्य भेटवार्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।   प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच गोप्य भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच एक घण्टा लामो भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका विषयमा छलफल भएको बताइएको छ ।

शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाएको बताइएको छ । आजको दुई नेताबीचको भेटलाई राजनीतिमा अर्थ पूर्ण रुममा लिइएको छ ।