
काठमाडौं, १५ फागुन । हवाई इन्धन ढुवानी गर्ने ट्याङकारको मुख्य साँचो लुकाउने डिपो प्रमुखमाथि नेपाल आयल निगले अनुसन्धान थालेको छ । निगमले डिपो प्रमुख महेशमान श्रेष्ठमाथि समिति बनाएर अनुसन्धान थालेको हो ।
श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो । साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।
ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ ।











प्रतिक्रिया