
काठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले सुदूरपश्चिम भ्रमणमा रहेकी छिन् । राष्ट्रपति भण्डारी भ्रमणमा आउने भएपछि बैतडी र दार्चुलाका चार वटा पालिकाले बिहिबार सार्वजनिक बिदा दिएका छन् ।
पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।
पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएको छ । भण्डारी आउँदो शनिबार काठमाण्डौ फर्किने कार्यक्रम छ ।











प्रतिक्रिया