८ मंसिर २०८३, मंगलबार

मन्त्रीको सल्लाहकार हुँ भन्दै बलात्कार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।   मन्त्रीको सल्लाहकार हुँ भन्दै युवतीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ छ । पक्राउ पर्नेमा टोखाका अमृतबहादुर घले रहेका छन् ।

उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए ।

घलेले युवतीलाई आफू अमेरिकाको ग्रिन कार्ड होल्डरसमेत भएको बताउदै युवतीलाई डेरामा लगि बन्धक बनाएर बलात्कार गरेका हुन् । डेरामा बन्धक बनाएर बलात्कार गरेको उजुरी युवतीले प्रहरीमा दिएपछि प्रहरीेले घलेलाई पक्राउ गरेको हो ।

घलेको परिवार अमेरिकामा रहेको खुलेको छ ।