
काठमाडौं, १५ फागुन । रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ४ मा सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ८ का विपया दास रहेका छन् ।
घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया