आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

जेल नजान धनाड्य छोराको ‘अस्पताल नौटंकी’

अभिनेत्री परमिता राणासहित अर्का जोडी लिएर मदिरामा मस्तराम भएका मल्लको नाटकसँग कारागार व्यवस्थापन विभाग सशंकित 

दैनिक नेपाल २०७६ फागुन १४ गते १२:३६

काठमाडौं, १४ फागुन । गएको मंसिरमा बुढानिलकण्ठमा मदिरामा लठ्ठीएर कारले ठक्कर दिएर महिलाको मृत्यु प्रकरणका दोषी राजधानीका धनाड्य परिवारका पृथ्वी मल्ल जेल नजान ‘अस्पताल नौटंकी’मा उत्रिएका छन् ।

जिल्ला अदालत काठमाडौंले डिल्लिबजार कारागार चलान गरेका मल्ल डेढ महिनादेखि अस्पतालमा बिरामीको नाटक गरेर बसीरहेका छन् । उनको यस्तो नौटंकिविरुद्ध कारागार व्यवस्थापन समितिले मेडिकल काउन्सिललाई पत्र लेखेको छ भने सम्बन्धित अस्पताललाई पनि कारबाहीका लागि सिफारिस गरेको छ ।

मल्लको अस्पताल बसाई पत्याउन लायक नरहेको कारागार व्यवस्थापनको ठम्याई छ । ब्लड प्रेसर रोगीको ढोंगमा मल्ल अस्पतालमा रजगज गरिरहेको बताइएको छ ।

मल्ल, उनकी नजिककी साथी भनिएकी अभिनेत्री परमिता राणा, करिश मास्के र एलिना थापा सवार बा१४च ६१२३ नम्बरको कारले २८ मंसिरमा विष्णुमति बस्ने गोरखाकी लीला देवकोटालाई बुढानिलकण्ठ–५ मा ठक्कर दिएको थियो । देवकोटाको मृत्यु भएपछि मल्ललाई जेल पठाउने आदेश भएको थियो ।

जिल्ला अदालत, काठमाडौंले यो प्रकरणमा मल्ललाई सवारी ज्यानसम्बन्धी कसूरमा २३ पुसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अभिनेत्रीसहित चार जनाले दरबारमार्ग, ठमेलमा अत्यधिक मदिरा सेवन गरी बुढानिलकण्ठ भन्दा माथि रहेको रिसोर्टमा खाना खाएको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित