८ मंसिर २०८३, मंगलबार

एमसीसी भित्र्याउने कार्कीलाई झलनाथले भाइरल बनाइदिए

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीको विरोध हुन थालेको छ ।

नेताहरूले कांग्रेसभित्र कार्कीलाई धेरै रुचाउँदैनन् । नेकपाका नेता झलनाथ खनालले एसीसीका विषयमा कार्कीले गरेको सम्झौतालाई लिएर आलोचना गरेपछि कार्की चर्चामा आएका हुन् ।

कार्कीले नै एसीसी ल्याउन ठूलो भूमिका खेलेको आरोप लागेको छ । अर्थमन्त्री भएका बेला नै कार्कीले संसदबाट एमसीसी पास गर्ने व्यवस्था राखेको आरोप छ ।

नेकपाका नेता खनालले एउटा सार्वजनिक कार्यक्रममा कार्कीलाई अंग्रेजी पनि नजान्ने नेता भनेर टिप्पणी गरेका थिए ।

भोजपुर जिल्लामा अलोकप्रिय भएपछि कार्की सुनसरी जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका थिए ।

भोजपुरमा कार्कीले केही पनि काम गर्न नसकेको स्थानीय कार्यकर्ताको आरोप छ ।

सभापति शेरबहादुर देउवासँग निकट मानिने कार्की कार्यकर्तामा अलोकप्रिय रहेको बताइन्छ । देउवाकै जोडबलमा कार्कीले पार्टीभित्र हालिमुहाली गर्दै आएका छन् ।