८ मंसिर २०८३, मंगलबार

बुधबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ फागुन । बुधबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

हाल देशका पूर्वी तथा मध्य भू-भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू-भागमा मौसम बदली रहेको विभागले जनाएको छ ।

हाल देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा तथा मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि मौसम त्यही अवस्थामा रहने विभागको अनुमान छ । देशका हिमाली तथा उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहे पनि मौसममा सुधार आउने विभागले जनाएको छ ।