
काठमाडौं, १३ फागुन । सरकारले नेपाल ट्रष्ट मातहतका सबै सम्पत्ति विवरण आज सार्वजनिक गर्दै छ ।
दिउँसो ३ बजे उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर गोकर्ण रिसोर्टको लिज सम्झौताको प्रकरणसहित नेपाल ट्रष्टको देशभरि भएको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्ने बताइएको छ ।
रक्षामन्त्री पोखरेल नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका छन् । पछिल्लो समय सरकारले पहिलेको लिज अवधि बाँकी रहदै व्यापारिक समूह यति होडिङलाई ट्रष्टको गोकर्ण रिर्सोट लिजमा २५ वर्षलाई थप गरेपछि विवादित बनेको छ ।
यसअघि नेकपा केन्द्रीय कमिटी बैठकले यसबारे श्वेतपत्र जारी गर्न निर्देशन दिएको थियो ।











प्रतिक्रिया