८ मंसिर २०८३, मंगलबार

युवतीलाई बलि चढाउन खोज्ने ६ जना कारागार चलान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन ।  युवतीलाई बली चढाउन खोजेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ ।

प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङलाई कारागार चलान गरिएको हो ।

यसअघि पीडित भनिएकी युवतीको चलाखीका कारण प्रहरीले चलाएको कोभर्ट अपरेशनका कारण यो गिरोह पुस दोस्रो साता समातिएको थियो ।

उनीहरुको साथबाट नगद एक लाख बराबरको चेक, धागो, कपडा, तान्त्रिक पूजा सामग्री लगायत बरामद भएको थियो ।