८ मंसिर २०८३, मंगलबार

श्रीमतीसंग बुबाको अनैतिक सम्बन्ध थाहा पाएपछि छोराले गरे बाबुको हत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ फागुन ।  रौतहट दुर्गा भगवती गाउँपालिकामा केहि साताअघि भएको हत्यामा आफ्नै छोराले बाबुको हत्या गरेको खुलेको छ ।

आफ्नो श्रीमतीसंग बाबुको अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि छोराले हत्या गरेको खुलेको हो । गत माघ २८ गते बिहान राजकुमार पण्डित कुम्हारले आफनै बाबु ७० वर्षीय फेकन पण्डितको गत हतौडा र धारीलो हतियारले विभत्स हत्या गरेका हुन्। केही समय देखि बुबा र आफ्नै श्रीमतीबिचको सम्बन्धबारे राजकुमारले थाहा पाएका थिए।

त्यही कारण घर नजिक रहेको गोठमा सुतेका बुबालाई धारिलो हतियार प्रहार गरी छोराले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए। प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।