८ मंसिर २०८३, मंगलबार

काठमाडाैंमा बिहानै दुईकाे मृत्यु, भक्तपुरमा बालककाे ज्यान गयाे

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ फागुन । ललितपुर र भक्तपुरमा भएकाे अलग अलग सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

साेमबार बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई मृत्यु भएको हाे ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाडाैं लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते दुबै जनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएकाे थियाे ।

भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबहाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा राति मृत्यु भएको छ । ट्रकको ठक्कर बाट ११ वर्षीय बालक तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने बा ३ क ३५८८ नम्बरको ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।