८ मंसिर २०८३, मंगलबार

महिलासँग पेस्ताेलसहित टिकटक बनाउने नायब निरीक्षकलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सामाजिक सञ्जाल फेसबुकमा टिकटक भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् ।

भक्तपुर सुडालमा कार्यरत सई थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर टिकटक बनाएका थिए । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धानबाट खुल्नेछ ।