– गीता मणि पाण्डे
युएई । रंगहरुको पर्व होली नेपाल तथा प्रवासमा समेत मनाइएको छ । प्रवासमा रहेका नेपालीहरुले पनि होली पर्वलाई होर्षोल्लासका साथ मनाएका छन् ।
शुक्रबार यूएईको दुबईमा पनि प्रवासी नेपाली दाजुभाइ दिदि बहिनिहरुले बिभिन्न कार्यक्रम गरी होली पर्व मनाएका छन् ।
युएईको दुबईमा संघ सस्थाका प्रतिनिधि संचारकर्मी लगायतका अन्य संस्थाहरुले होलीको रंग खेलेर होली पर्व मनाएका छन् ।
सहभागिहरुले एक आपसमा खुशी साटासाट गर्दै रंग लगाएर आत्मीयता प्रकट गरेका थिए । कार्यक्रममा सहभागीहरु रंग साटासाट गर्दै होलीको मनोरञ्जन लिदै अब आउने दिनहरु राम्रो संग बितोस छिटो संबिधान बनोस भन्ने धारणा राखेका थिए ।
विदेशमा रहेर पनि यसरी होली पर्ब मनाउन पाउदा हर नेपाली हरु भन्छन् हामीलाई नेपाल छोडेर विदेश आएको अनुभब नभएको बताउछन् ।
उक्त होलीको मनोरञ्जन लिन संचारकर्मी ब्यबसायिहरु समाजसेवी बुद्दिजिबी नेपाली दाजुभाइ दिदिबहिनिहरु मेट्रो पार्कमा भेला भएका थिए । हेर्नुस प्रवासका नेपाली दाजुभाइ दिदि वहिनीहरुले कसरी मनाए होली तस्विरबाट ।
























प्रतिक्रिया