
काठमाडौं, ११ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामासमेत पुगेको छ ।
कोरियामा कोरोनाको संक्रमणले महामारी फैलाउन सक्ने भएकाले कोरियामा रहेका नेपालीलाई सर्तक रहन नेपाली दूतावासले आग्रह गरेको छ ।
दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म चार सय बढी मानिस संक्रमित बनेका छन् ।











प्रतिक्रिया