आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

धापाखेलमा विनाेद गरूकाे धन्दाले धेरैलाई तनाब, मिटर व्याज र जुवाले बिचल्ली

दैनिक नेपाल २०७६ फागुन ११ गते १०:३९

लगनखेल, ११ फागुन । ललितपुर जिल्लाको धापाखेलमा ‘विनोद गुरु’ भनिने विनोद घिमिरेले अबैध रुपमा जुवाको धन्दा चलाउँदै आएको रहस्य बाहिर आएको छ ।

घिमिरेको जुवाको धन्दा पछिल्लो समय मौलाएको छ । चार–पाँच महिनाभित्रै घिमिरेले सात–आठ करोड रुपियाँ कमाइ गरिसकेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुवाको धन्दा चलेका समाचार बाहिर आइरहेका बेला धापाखेलमा घिमिरेले जुवाको धन्दा चलाएका हुन् । स्रोतका अनुसार ‘साइँला नम्बर वान’ अर्थात ‘जुवा किङ’ घिमिरेले ललितपुर प्रहरीलाई सेटिङ मिलाएका छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोवाटोका एकजना जुनियर प्रहरी अधिकृतका अनुसार धापाखेलमा घिमिरेले ठूलो रकमको जुवा खेलाउने गरेका छन् । यो कुरा सातादोबाटो प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय ललितपुरसम्मका उच्च अधिकारीहरूलाई जानकारी छ । तर, प्रहरीले घिमिरेको जुवाको अखडामा कहिल्यै पनि छापामारेको छैन ।

घिमिरेले नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लावतीको आडमा जुवा चलाउँदै आएको स्रोतले जनाएको छ । ‘विनोद गुरुले सेनाका पूर्वजर्नेल होमकुमार लावतीको काँधमा बन्दुक राखेर जुवाको अबैध धन्दा चलाएका छन्’, स्रोतले भन्यो, ‘यो धन्दामा मिटर व्याजी प्रकाश भण्डारीले पनि घिमिरेलाई साथ दिएका छन् ।’

महानगरीय प्रहरी वृत्त सातदोवाटो ललितपुरका प्रहरी प्रमुख एवम् डीएसपी मित्रबन्धु शर्माले धापाखेलमा जुवाको ठूलो अखडा छ भन्ने जानकारी आफूले पनि पाएको बताए । ‘धापाखेलामा जुवा खेलाउने गरेको छ सूचना मलाई पनि छ’, उनले भने, ‘यस विषयमा हामीले सुक्ष्म रुपले अनुसन्धान गरिरहेका छौँ ।’

डीएसपी शर्माले धापाखेल मात्रै होइन आफ्नो ईलाकाभित्र हुने हुने पनि अबैध र गैरकानूनी कार्य भयो भने जो भएपनि नछाड्ने चेतावनी दिए । ‘म पनि भरखरै आएको छु । धापाखेलको जुवा काण्डबारेमा मलाई पनि जानकारी छ’, उनले भने, ‘जुवाको अखडा तोडिन्छ ।’

डीएसपी शर्माले जुवा, मिटर व्याज वा अबैध गतिविधिका विषयमा सुक्ष्मरुपमा जानकारी गराउन पीडितहरूलाई अपील पनि गरेका छन् । उनले भने, ‘हामीलाई पनि सबै कुराको जानकारी नहुन सक्छ । पीडितहरूले गोप्य रुपमा आएर जानकारी दिनुभयो भने कारबाही हुन्छ । प्रहरी चुप लागेर बस्दैन ।’

‘जुवा किङ’ घिमिरेले पछिल्लो समय बस्नेत, श्रेष्ठ र लामा थर भएका तीनजना व्यक्तिहरूलाई टाँट बनाएका छन् । बस्नेत, श्रेष्ठ र लामा थरका आफन्तहरूले घिमिरेको समूहले जुवा खेलाएर लाखौँ रकम लुटेको आरोप लगाएका छन् । आवश्यक पर्‍यो घिमिरेको समूहबाट टाँट बनाइएका व्यक्तिहरू नाम सार्वजनिक गरिनेछ ।

घिमिरेले तामा र चुम्बक प्रयोग गरेर बनाइएका कौडा सेटिङमा खेलाउने गरेको एकजना पीडितका आफन्तले बताएका छन् । घिमिरेको जुवाको अड्डामा अष्ट लामा, युवराज लामा, कान्छा लामा, राजु लामा, दीपक राई, सुशील न्यौपानेलगायतका हाइप्रोफाइल व्यक्तिहरू जाने गरेका छन् ।

तिहारको बेला काठमाडौंको चक्रपथमा गुण्डा नाइके ‘बले’ भनिने बलराम सापकोटासहितका हाइप्रोफाइल व्यक्तिहरू जुवाको अखडाबाट पक्राउ परेका थिए । उनीहरूले मुद्धा समेत खेप्नु परेको छ । चक्रपथको सोही घटनामा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् पूर्वगृह राज्यमन्त्री ईन्द्र बानियाँ पनि परेका चर्चा थियो । बानियाँले ८० लाख सोही जुवाबाट जितेको चर्चा बजारभरि थियो ।

पछिल्लो समय काठमाडौंको हनुमानढोकाको पछाडि पनि सेटिङमा अबैध जुवा खेलाइने गरिएको छ । हनुमानढोकाको पछाडि राजीव महर्जनले सेटिङमा जुवा खेलाउने गरेको उच्च स्रोतले जनाएको छ ।

भक्तपुरमा रमेश लामाले जुवा खेलाउँदै आएका छन् । भक्तपुरमा रमेश लामा जुवा किङका रुपमा परिचित छन् ।

प्रतिक्रिया
सम्बन्धित