१३ कार्तिक २०८३, शुक्रबार

आइतबार पहाडी र हिमाली भेगमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन ।  आइतबार र सोमबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ ।

आइतबार दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय प्रणालीका कारण बादल लाग्नुको साथै पानी पर्ने र आउँदो बुधबारदेखि मात्र मौसम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर बादल लागेर काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।