८ मंसिर २०८३, मंगलबार

नेपाल एयरलाइन्सको हङकङ काउन्टरमा हुन्छ बद्मासी, मन्त्री भट्टराईलाई एनआरएन टोलीको ध्यानाकर्षणपत्र

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । सरकारी विमान सेवा नेपाल एयरलाइन्सको हङकङ काउन्टरमा बदमासी हुने गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका पदाधिकारीले नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

लिखित रूपमा नै उक्त ध्यानाकर्षण पत्र मन्त्री भट्टराईलाई बुझाउँदै अध्यक्ष राधिका गुरुङले तीनवटा खास विषयमा चासो राखेकी छन् ।

हङकङ–काठमाडौं हवाई भाडा तुलनात्मक हिसाबमा अन्य गन्तव्यभन्दा महँगो रहेकाले यसलाई घटाउनुपर्ने, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्सको काउन्टरमा दलालहरूको उपस्थितिले यात्रुलाई असुविधामात्र नभएर गैर कानुनी काम हुने गरेको ध्यानाकर्षपत्रमा उल्लेख छ ।

‘हङकङमा धेरै नेपाली रहेका कारणले नागरिकको सहजताका लागि ध्यान दिनुपर्ने विषयमा मन्त्रीसँग कुराकानी गरिएको छ’ एनआरएन हङकङका महासचिव गोकर्ण ढकाल भन्छन्,‘यस विषयमा हामीले गहनताका साथ हेरी कारबाही अघि बढाउन भनेका छौं ।’

अन्य विमान कम्पनीलाई शर्त नभएको हङकङ ट्रान्जिट भिसा नेपाल एयरलाइन्सले अनिवार्य गरेको विषयमा पनि एनआरएनका अधिकारीले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

विमानस्थलमा दलालहरूले नेपालीलाई दिने दुख र बद्मासीका काम बन्द गराउने विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको भन्ने आशयको ध्यानाकर्षपत्रको बोधार्थ नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालयमा पनि बुझाइएको छ ।