८ मंसिर २०८३, मंगलबार

छाप र दस्तखत किर्ते आरोपमा पक्राउ परेका बस्नेत थप पाँच दिन हिरासतमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन ।  सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी राजस्व छलेको अभियोगमा पक्राउ परेका औषधि व्यवसायी दुश्यन्त बस्नेतलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सरकारी छाप र दस्तखत किर्ते गरी नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको अनुसन्धानबाट पुष्टि भएपछि दुई महिनादेखि फरार रहेका बस्नेतले २८ माघमा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

बस्नेतविरुद्ध प्रहरीले सरकारी छाप र दस्तखत किर्तेमा मुद्दा दर्ता गरेको छ । गेटा आँखा अस्पतालको औषधि आपूर्तिसम्बन्धी टेन्डरमा उनले अमित मेडिसिनका नाममा नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेको आन्तरिक राजस्व कार्यालयले पुष्टि गरेको थियो ।

नक्कली करचुक्ता प्रमाणपत्र बनाएर उनले औषधि आपूर्तिसम्बन्धी करोडौँको टेन्डर हत्याउने गरेको खुलेको छ ।