
चितवन, १० फागुन । भरतपुर महानगरपालिका १८ मा कार अनियन्त्रित भएर रुखमा ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ ।
बा १८ च ५७०९ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको मृत्यु भएको हो । कारमा तीनजना सवार रहेका थिए ।
नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया