भैरहवा, १० फागुन । रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन् । सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो ।
सिमसिम पानी परिरहेको बेला लु १ ख ८८०६ नम्बरको माइक्रोबस ओभर स्पीडका कारण सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
करीब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जादा दुर्घटनामा परेको हो । बसका चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा लागेको छ । दुर्घटनामा परेका अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया