
काठमाडाैं, ९ फागुन । मोरङ र झापाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा ६ घर भई सुन्दरहरैचा भर्जना पुल बस्ने नरबहादुर दर्जी, सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगरसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेका छ । दर्जीको कोठा खानतलासी गर्ने क्रममा चार जनालाई लागू औषधसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
झापाको काँकरभिट्टा सिमा एरियाबाट २ ग्राम ब्राउनसुगरसहित बिहीबार अपरान्ह्र झापा बिर्तामोड ६ बस्ने १९ वर्षीय मनिश लिम्बु र ताप्लेजुङ मिक्वाखोला ७ बस्ने २४ वर्षीय मुकेश थलाङ पनि पक्राउ परेका छन् । उनीहरुलाई भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आइरहेको बेला जाँच गर्ने क्रममा ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।











प्रतिक्रिया