९ मंसिर २०८३, बुधबार

शुक्रबार काठमाडौंका यी १० रुटमा गाडी प्रवेशमा रोक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ फागुन ।  महाशिवरात्रिमा पशुपति परिसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै  महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति परिसरका विभिन्न १० रुटमा गाडी प्रवेशमा रोक लगाएको छ ।

गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

यस्तै, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ।