
काठमाडौँ, ८ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङको अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित अन्य एक जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गर्दै कारवाहीको लागि सिफारिस गरेको थियो । समितिको पत्र प्राप्त भइसकेकोले अनुसन्धान सुरु गरिने व्युरोले जनाएको छ ।
लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको हो । मिश्र बाँस्कोटासँग अडियोमा घुस रकम डिल गरिरहेका व्यक्ति हुन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर साइबर क्रमाइममा अनुसन्धान गर्ने भएको छ । ७० करोड बार्गेनिङ प्रकरणमा तानिएका मन्त्री बाँस्कोटाले आजै राजीनामा दिइसकेका छन् ।















प्रतिक्रिया