
काठमाडौँ, ८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईवटा रोबोटबाट सेवा सुरु गरिएको छ । ‘पर्यटन परी’ नामका ति रोबोटहरुले नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने बताइएको छ ।
कामलाई अझ सहज साथै सूचनामैत्री बनाउन यी रोबोटहरु नेपाली प्राविधिकले नेपालमा नै तयार गरेका हुन् ।
यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप आधुनिक र प्रविधीमैत्री बन्ने विश्वास गरिएको छ ।
विमानस्थलमा पर्यटन परीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटराइलाई नमस्कार गरेका थिए ।















प्रतिक्रिया