९ मंसिर २०८३, बुधबार

साझा पार्टीद्वारा सञ्चारमन्त्रीको राजीनामा माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन ।   साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेको छ ।

आज साझाका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि साझाले राजीनामा मागेको हो ।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ’, प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।