
काठमाडौं, ८ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितानिवास प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित हाइप्रोफाइल, विवादीत व्यापारीलाई पक्राउ गर्ने वातावरण तयार पारिरहेको छ ।
गृह मन्त्रालयले दिएको जाहेरीका आधारमा कुन व्यक्तिलाई कसरी पक्राउ गरी अनुसन्धान थाल्ने भन्ने अध्ययन र विश्लेषणमा सीआईबी अधिकारी लागेका छन् ।
राजनीतिक प्रतिरोधको अवस्थालाई समेत मुल्यांकन गरेर सीआईबीले हाईप्रोफाइललाई पक्राउको रणनीति तयार पारिरहेको हो । सम्भवतः आगामी सातादेखि उक्त प्रकरणमा दोषी भनिएका र जाहेरीमा परेका विभिन्न व्यक्तिमाथि प्रहरीले धरपकड थाल्नेछ ।
‘जाहेरीका आधारमा अनुसन्धानका विभिन्न पाटामा अध्ययन भइरहेको छ । कसैलाई छाड्ने भन्ने विषयमा कुराकानी भएको छैन, कसरी पक्राउ गर्ने भन्ने सन्दर्भमा छानबिन चलिरहेको छ’, सीआईबी स्रोतले भन्यो ।











प्रतिक्रिया