९ मंसिर २०८३, बुधबार

बाजुरामा भूकम्प गयाे, स्थानीयहरू घरबाट बाहिर निस्किए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ८ फागुन । बाजुरा जिल्लामा ४.३ रेक्टरको भूकम्प गएको छ । भूकम्पकाे धक्का थाहा पाएपछि स्थानीयहरू घरबाट बाहिर निस्किएका थिए ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु भएर बुधबार राति ९ः१३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

भूकम्पबाट क्षति भएबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।