१ कार्तिक २०८३, आइतबार

प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै डेढ लाख ठग्ने पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ फागुन । प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर त्रियुगा नगरपालिका ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका ६ बाट प्रहरीले पक्राउ गरेको हो ।

वाग्लेले प्रहरीको नक्कली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडीदेखि नै प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै दुवै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।