काठमाडौं, ७ फागुन । चीनबाट नेपाल ल्याई क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार परिक्षणको रिपोर्टमा कोरोनाभाइरस (कोभिड–१९) चीनको बुहानबाट ल्याइएका नेपालीमा नदेखिएको हो ।
पहिलो चरणको परिक्षणमा आएको रिपोर्ट भए पनि उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ । र, १४ दिनपछि पुनः जाँच गराई घर पठाइनेछ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस