२८ आश्विन २०८३, बुधबार

ललितपुरमा स्वाइन फ्लुबाट एक पुरुषको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kist M Cकाठमाडौं, २३ फागुन । स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

किस्ट अस्पतालका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक उपयोग गरिएपनि संक्रमण नियन्त्रण गर्न नसकिएपछि मृत्यु भएको हो ।

किष्टका निर्देशक डाक्टर ऋषिकेशनारायण श्रेष्ठले अत्यन्त तीव्र गतिले विकसित भएको निमोनियाले ती व्यक्तिको मृत्यु भएको बताएको कान्तिपुर दैनिकले छापेको छ ।