काठमाडाैं, ७ फागुन । प्रधानमन्त्री केपी ओलीको एन्जियोग्राफी गरिएको छ । मिर्गौला प्रत्यारोपणको तयारीअन्तर्गत मुटुको अवस्था हेर्न एन्जियोग्राफी गरिएको हो ।
प्रधानमन्त्रीको मुटु स्वस्थ र सामान्य देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।
परीक्षणपछि प्रधानमन्त्री मङ्गलबार राति नै निवास फर्किएका छन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भएको र उनी स्वस्थ रहेकाे निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले हप्ताको एक पटक नियमित डायलायसिस गर्दै आएका छन् । १३ वर्षअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
दुई महिनाअघि एक्कासी बिरामी भएपछि उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । प्रधानमन्त्री ओलीकाे दोस्रोपटक मिर्गाैला प्रत्यारोपणको तयारी भैरहेको छ ।











प्रतिक्रिया