१ कार्तिक २०८३, आइतबार

सर्वोकृष्ट पुरुष र महिला वर्ष खेलाडीलाई ग्लोबल आईएमई बैंकको नगद पुरस्कार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्पाेर्टस् अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।

पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनही १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगाएत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै १४ औँ एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड यही मिति २०७६ साल फागुन ६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आईएमई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आईरहेको छ ।

ग्लोबल आईएमई बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।