मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालको प्रतिनिधि परिन्दा र परिसा

दैनिक नेपाल २०७६ फागुन ६ गते १८:३१


काठमाडौँ, ६ फागुन । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘२०२०’मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोक स्थित भिभान्त होटलमा कार्यक्रमको आयोजना सहित दुवै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुवै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो ।

इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पुर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मन्जु ढकाल लगायतको उपस्थिती रहेको थियो ।

केही दिन अगाडी राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुवै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा विवाहित तथा अविवाहित गरेर २०० बढी महिलाको सहभागीता रहेको थियो ।

‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ ।

प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।

नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगीता आयोजनाको उदेश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो ।

पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हँुदै अहिले मलेसियामा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित