
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले मंगलबारको प्रतिनिधिसभा बैठक ललिता निवास जग्गा प्रकरणका विषयमा कडा ब्यंग्य गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा थापाले श्री स्वस्थानीको लयमा ब्यंग्य गरेका हुन् । कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू ।
चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू ।
त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।
इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद ।
नेता थापाले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल र उनका छोरालाई अख्तियारले उन्मुक्ति दिएको विषयमा कडा आलोचना गर्दै आइरहेका छन् ।











प्रतिक्रिया