९ मंसिर २०८३, बुधबार

अदालतले पत्रबिना महरा संसद बैठकमा नजाने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  बलात्कार मुद्वामा सफाई पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले संसदलाई पत्र नपठाएसम्म प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएका छन् ।

महरालाई अदालतले सोमबार सफाई दिएपनि महराको फैसला तयार पारेको छैन। फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाएमात्र उनको सांसदको हैसियत पुनर्वहाली हुनेछ।

उनको सांसद पदको सेवा, सुविधा र हैसियत अहिले स्थगनमा छ। प्रतिनिधिसभाको बैठक मंगलबार १ बजे बस्दैछ ।