मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसमा माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल प्रवेश

दैनिक नेपाल २०७६ फागुन ५ गते १९:३९

काठमाडौँ, ५ फागुन । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ ।

तेस्रो दिनको खेल अन्तर्गत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरी प्रि क्वाटरफाईनलमा प्रवेश गरेको हो । क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कमर्शियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते वुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन वुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित