१ कार्तिक २०८३, आइतबार

घट्यो पेट्रोल र डिजेलको मूल्य 

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । डिजेल र पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँले घटाएको हो ।

निगमले यसअघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ घटाएको थियो ।

अब काठमाडौँमा पेट्रोल लिटरको १ सय ८, डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम भएको छ ।

भारतको सरकारी तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट निगमले इन्धन आयात गर्दै आएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।