१ कार्तिक २०८३, आइतबार

ए डिभिजन शहीद स्मारक लिगमा कतार एयरवेजसँग एन्फाको सफल साझेदारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ५ फागुन । कतार एयरवेजको सफलतापूर्वक प्रायोजनसहित ए डिभिजन शहीद स्मारक लिग २०१९–२०२० को समापन भएको छ । समारोहमा उप–प्रधानमन्त्री ईश्वर पोखरेलको मुख्य उपस्थिति रहेको थियो ।

हजारौँ दर्शकहरुको उपस्थिति रहेको अन्तिम खेलमा सान मिगेल मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हात पार्यो ।

नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म आयोजना भएको थियो ।

साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखियो । अन्तिम खेल अगाडि कतार एयरवेजले एक सातासम्मको लागि शेर्पा मलमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु सहित फ्यान जोनको पनि आयोजना गरेको थियो ।