१ कार्तिक २०८३, आइतबार

अदालतले पूर्वसभामुख महरालाई दियाे सफाइ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट निर्दाेष ठहरिएका छन् ।

जिल्ला अदालत काठमाडौँले उनलाई सोमबार सफाइ दिएको फैसला गरेको अदालतले जनाएको छ ।

आइतबार नै बहस सकिएको तर फैसला भने न्यायाधीश अम्बरराज पौडेलले सोमबार मात्रै सुनाएका थिए । अभियोग दावी नपुगेकोले उनले सफाइ पाएको अदालतले जनाएको छ ।

पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर गरिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।

पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।